कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै सनाखत

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ का  २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट  रहेका छन् ।   

त्यस्तै, भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त–२ का सुदीप भट्ट र पुनरवास–९ का बिसफाटा विमलादेवी भट्टको पहिचान खुलेको छ ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा  सञ्चालित सु-प-प्र-०२-००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो । 

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका तीमध्ये ९ जनालाई बुटवल रेफर गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । 





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १०:९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया