नामिबियाविरुद्ध संकटमा नेपाल, सस्तैमा गुमायो ६ विकेट
फाइल तस्बिर

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटको रूपमा सोमपाल कामीलाई गुमाएको हो । उनी २१.४ ओभरमा २ रनमा आउट भए ।  

सोमपाललाई नामिबियाका कप्तान जेरार्ड इरास्मसले नै क्याच आउट गराए । नेपालले पाँचौं विकेटको रूपमा कुशल मल्ललाई १९.५ ओभरमा १५ रनमा गुमायो । कुशललाई पनि इरास्मसले क्याच आउट गराए । नेपालले चौथो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो । उनी ९.३ ओभरमा १३ बलमा एक रनमा बोल्ड आउट भए । 

रोहितलाई ज्याक ब्रासेलले आउट गरे । नेपालले तेस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमायो । उनी ३.५ ओभरमा ४ रनमै आउट भए । आसिफलाई १८ वर्षीय युवा तीव्र गतिका बलर ज्याक ब्रासेलले क्याच आउट गराए । नेपालले दोस्रो विकेटको रूपमा अनिल साहलाई गुमायो । 

उनी ३.१ ओभरमा व्यक्तिगत ८ रनमा एल्बीडब्लू आउट भए । अनिललाई पनि रुबेन ट्रम्पलम्यानले पवेलिएन फर्काए । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई पहिलो बलमै गुमायो । उनलाई पनि रुबेन ट्रम्पलम्यानले शून्यमै क्याच आउट गराए ।  

नेपालले आज टस हारेर ब्याटिङको निम्तो पाएको हो । नामिबियाविरुद्ध ओपनिङ ब्याटरको जिम्मेवारी कुशल र आसिफ शेखले पाए । आज अनिल साहले तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका छन् । नेपाल र नामिबियाबीचको खेल बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । सिरिजमा दुवै टिम सुखद सुरुवात गर्ने सोचमा छन् ।

गत संस्करणको लिग–२ मा नेपाल तेस्रो र नामिबिया चौथो भएको थियो । शीर्ष तीनमा पर्दा नेपालले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाएको थियो । यसपटक लिग–२ मा आठवटा टिमले प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये शीर्ष चारमा पर्ने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।  



हालसम्म नेपाल र नामिबियाले एकअर्काविरुद्ध ६ एकदिवसीय खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा नामिबियाले तीन र नेपालले दुई खेल जितेको छ । यी दुई टिमबीचको खेल भने वर्षाले रद्द भएको छ ।  

नेपालको प्लेइङ–११ : आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान) कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी ।



  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार ११:१३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया