नामिबियाविरुद्ध संकटमा नेपाल, १०६ रन बनाउँदा ८ विकेट पतन
फाइल तस्बिर

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध नेपालले आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटको रूपमा ३१.१ ओभरमा गुलशन झालाई गुमाएको हो । 

उनी नामिबियाका कप्तान जेरार्ड इरास्मसको बलमा २१ रनमा बोल्ड भए । नामिबियाविरुद्ध कुशल भुर्तेल शून्य, अनिल साह ८, आसिफ शेख चार, कप्तान रोहित पौडेल एक, भीम सार्की ४४, कुशल मल्ल १५ र सोमपाल कामी दुई रन बनाएर आउट भइसकेका छन् ।  

गत संस्करणको लिग–२ मा नेपाल तेस्रो र नामिबिया चौथो भएको थियो । शीर्ष तीनमा पर्दा नेपालले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाएको थियो । यसपटक लिग–२ मा आठवटा टिमले प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये शीर्ष चारमा पर्ने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।  

हालसम्म नेपाल र नामिबियाले एकअर्काविरुद्ध ६ एकदिवसीय खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा नामिबियाले तीन र नेपालले दुई खेल जितेको छ । यी दुई टिमबीचको खेल भने वर्षाले रद्द भएको छ ।  

नेपालको प्लेइङ–११ : आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान) कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी ।





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार ११:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया