लिग टुको पहिलो खेलमा नामिबियासँग नेपाल ४ विकेटले पराजित

आइसिसी विश्वकप लिग–२ त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अल आउट हुँदै १३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । 

नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै जान निकोलले ३१ रन, माइकल भान लिनगेनले २३ रन तथा  निकोलास डाविनले १५ रन बनाए । 
नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए । रोहित पौडेले पनि एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।
 





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १५:४३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया