निर्वाचन आयोगले दियो राजनीतिक दललाई १५ बुँदे निर्देशन

निर्वाचन आयोगले दर्ता भएका सबै राजनीतिक पार्टीहरूलाई १५ बुँदे निर्देशन जारी गरेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार सबै दललाई आआफ्नो विवरण बुझाउन आयोगले निर्देशन दिएको हो । 

आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्वारा बिहीबार विज्ञप्तिअनुसार निर्देशनमा दलले आफ्नो नाम, विधान, झन्डा, छाप, चिह्न परिवर्तन भएको भए आयोगमा अद्यावधिक गर्न भनिएको छ ।
 
‘दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई दिने,’ विज्ञप्तिमा भनिएको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १७:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया