एसिसी वुमन्स प्रिमियर कप : नेपाल आज मलेसियासँग खेल्दै

एसिसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै छ । नेपाल र मलेसियाबीचको खेल विहान सवा ११ बजे सुरुहुने छ ।

दुवै टिम अपराजित रहँदै सेमिफाइनलमा पुगेका हुन् । आजको विजेताले एसियाकपमा स्थान बनाउने भएकाले नेपाल र मलेसिया दुवैलाई निकै नै महत्वपूर्ण रहेको छ ।

नेपालले क्वाटरफाइनलमा कुवेतलार्य डीएलएस नियम अनुसार ८ विकेटले पराजित गरेको थियो भने मलेसियाले जापानलाई १६ रनले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।  





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार ९:२४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया