एसिसी वुमेन्स प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित

नेपाल मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । नेपाल शुक्रबार भएको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो । 

जितका लागि ११६ रनको चुनौती पछ्याएको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । नेपालले कसिलो बलिङ गरेको भए पनि एल्सा हन्टर सामु फितलो देखिएपछि पराजयको सामना गर्नुपर्यो । 

हन्टरले ५३ बलमा अविजित रहँदै ६९ रन बनाइन् । हन्टरलाई रोक्न नसक्नु नै नेपालको हारको कारण बन्यो । अन्तिम ओभरमा ११ रन बनाएसँगै मलेसिया विजयी भयो । कविता जोशी र सीता रानामगरले समान २ तथा कविता कुँवर र रुबिना क्षेत्री बेल्बासीले समान १ विकेट लिए ।  

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ११५ रन बनायो ।  कप्तान इन्दू बर्माले २९, डली भट्टले १४ बलमा २५, कविता कुँवरले २३ तथा रबिना क्षेत्री बेल्बासीले २० रन बनाइन् । मलेसियाकी महिरा इज्जाती इस्मालीले २ विकेट लिइन् । तीन खेलाडी रनआउट भए । 

जितसँगै मलेसियाले फाइनलमा आइतबार यूएईसँग खेल्नेछ । बिहान भएको पहिलो सेमिफाइनलमा यूएईले थाइल्याण्डमाथि रोमाञ्चक चार रनको जित हासिल गर्यो । समूह चरणमा अपराजित रहँदै क्वार्टरफाइनल हुँदै सेमिफाइनलमा पुगेको नेपालले भने अन्तिम समयमा कमजोर प्रदर्शन गर्दै हारको सामना गर्नुपरेको हो ।





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार १४:३४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया