नेपाल आइपुगे दीपेन्द्र सिंह ऐरी
फाइल तस्बिर

राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी यूएईमा जारी इन्टरनेशनल लिग टी–२० मा सहभागिता जनाएर स्वदेश आइपुगेका छन् । उनी शुक्रबार राति साढे ८ बजे नेपाल आइपुगेका हुन् ।  

दीपेन्द्रआबद्ध गल्फ जायन्ट्स यसपटक दोस्रो क्वालिफायरबाटै बाहिरियो । गल्फको तीन खेलमा उपलब्ध भए पनि उनले कुनैमा पनि खेलमा प्लेइङ–११ मा मौका पाउन सकेनन् ।  

दीपेन्द्रले नेपालका जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेल गुमाएका थिए । उनले शनिबार हुने नेदरल्यान्ड्सविरुद्धको खेल भने खेल्नेछन् ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल शनिबार बिहान ९ः१५ देखि सुरु हुनेछ । नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।     





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार २१:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया