नाट्यश्वर रत्नबाट गायिका न्यौपाने सम्मानित

काठमाडौँ– लोक दोहोरी गायिका रमिला न्यौपाने 'नाट्यश्वर रत्न सम्मान' बाट सम्मानित भएकी छिन् । काभ्रेको बनेपामा आयोजित ‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’ कार्यक्रमा गायिका न्यौपाने गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट सम्मानित भएकी हुन् । 

फरकधारसँग कुरा गर्दै गायिका न्यौपानेले यस सम्मानले आफूलाई लोक दोहोरीको विकासमा लाग्न थप  जिम्मेवार बनाएको जानकारी दिइन् ।

‘सम्मानले मलाई लोकदोहोरीको विकासमा लाग्न थप जिम्मेवार बनाएको छ । यो सम्मान मेरो मात्र नभई लोक दोहोरीको पनि हो । यसले मलाई हौसला दिएको छ’ न्यौपानेले भनिन् । 

गायिका न्यौपानेले १६० भन्दा बढी गीतमा स्वर दिइसकेकी छिन् । उनको १४ वटा एल्बम बजारमा उपलब्ध छ ।

न्यौपानेले ‘म त आउँदिन है कालु हो, मेड इन नेपाल, झमझम् दर्कियो पानी, ओम शिव शंकर भोला, आँखा मारी–मारी, बर्बादै भयो, आशीर्वाद माग्छु, घाम लाग्यो शितलु भयो, काठमाडौंमा ट्याक्सी चलाउने, नराम्ररी फसें, फेसबुकमा फोटो, आउ–आउ माया, सिस्नुपानीलगायतका एल्बममा स्वर दिएकी छिन् । 

उक्त कार्यक्रममा नाट्यश्वर दशक सम्मानबाट वरिष्ठ कलाकार बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मानबाट चैत्यदेवीलाई सम्मान गरियो ।



तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत विधामा कलाकार तथा पत्रकार सम्मानित भए  ।
 



  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार ११:४०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया