हैदरावादसँगको हार लज्जास्पद, पचाउनै गाह्रोः विराट कोहली

एजेन्सी— इन्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं संस्करणको ११ औं खेल सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्सविरुद्ध भयो । खेलमा हैदरावादले ११८ रनले जित दर्ज गर्यो । 

यसलाई लिएर बैंगलोरका कप्तान विराट कोहलीले लज्जास्पद हार भएको अभिव्यक्ति दिएका छन् । 

राजीव गान्धी स्टेडियममा बेस्ट्रो र वार्नरले हानेका शतकका कारण बैंगलोरले २३२ रनको लक्ष्य पाएको थियो । तर, उसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमात्र जोड्न सफल भयो । बैंगलोरका लागि ७ ब्याट्सम्यानले दोहोरो अंकका रन पनि जोड्न सकेनन् ।

यसबारे बैंगलोरका कप्तान कोहलीले भनेका छन्, ‘उनीहरुले अत्यन्त राम्रो खेले । यसले उनीहरु च्याम्पियन हुन् भन्ने प्रमाणित गरेको छ । उनीहरुले हामीलाई २०१६ मा पनि हराएका थिए । हामीले खेलमा केही प्रयोग गरेका थियौँ, तर, हामीले गर्न सकेनौँ । यो हार लज्जस्पद हार हो, पचाउनै मुश्किल पर्ने एउटा हार हो । तर, हामीसँग अझै ११ खेल बाँकी छन् । हामी अब जित निकाल्न सक्छौँ भन्ने मलाई विश्वास छ ।’





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार ११:४८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया