नयाँ टिमका लागि क्यानडामाथिको जित उत्साहजनक : कप्तान सन्दीप

 क्यानडा–११ सँगको तीन खेलको एक दिवसीय क्रिकेटको दोस्रो खेलमा मंगलबार जित निकालेपछि कप्तान सन्दीप जोराले नयाँ टिमका लागि यो नतिजा उत्साहजनक रहेको बताएका छन् । 

क्यानडामाथि दुई विकेटको जितपछिको पत्रकार सम्मेलनमा बोल्दै जोराले टिमका सदस्यहरुले योजनाअनुसार प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए । 

उनले भने, ‘टोलीमा हामी सबै नयाँ छौं । आजको जित हाम्रो लागि ऐतिहासिक हो । एकदम खुसी लागेको छ । क्यानडाले दिएको लक्ष्य पछ्याउनेबारे हामीले प्लान गरेका थियौं, सोहीअनुसार खेल्यौँ ।’

क्यानडासँगको यस शृंखलाले क्यानमा आबद्ध सबै खेलाडीका लागि अवसर भएको भन्दै शृंखला जित्ने विश्वास रहेको उनले बताए । 

मुलपानी मैदानमा मंगलबार भएको दोस्रो खेलमा नेपालले क्यानडालाई २ विकेटले पराजित गरेको थियो । 
नेपालको जितसँगै सिरिजमा १–१ को बराबरी भएको छ । यसअघि पहिलो खेलमा क्यानडा विजयी भएको थियो । अब बिहीबार तेस्रो तथा निर्णायक खेल हुनेछ । 

नेपालको जितमा बसिर अहमद र कप्तानको भूमिका रहेका सन्दीप जोराले अर्धशतक हिर्काएका थिए ।
सन्दीपले ६६ रन जोडे भने बसिरले नटआउट ५२ रन जोडे । रशिद खानले जोडेको ४७ रन पनि नेपालको जितको आधार बन्यो ।





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार २२:१९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया