ग्रिसमा किसानको प्रदर्शन : घन्कियो ‘किसान छैन, खानेकुरा र भविष्य छैन’ को नारा

ग्रिसका हजारौं किसानले एथेन्सको केन्द्रमा उत्पादन लागत बढेकोमा विरोध प्रदर्शन गरेका छन् ।  उनीहरूले राज्यको सहायता आवश्यक भएको बेलामा उत्पादन लागत बढाएको भन्दै विरोध जनाएका हुन् । किसानले प्रदर्शनमा ‘किसान छैन, खानेकुरा छैन, भविष्य छैन’ भन्ने नारा लगाइएका थिए । 

किसानले राष्ट्रिय राजमार्ग र सीमा नाकामा करिब १ सय ५० वटा ट्याक्टर चलाएर संसद् अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले किसानलाई भूमि छोड्न बाध्य पारेको बताए । उनीहरूले किसानको जीविका चलाउन दिन सरकारसँग आग्रह गरे । सन् २०२३ मा बिजुलीको लागत ८४ प्रतिशतले बढेको छ । मलको मूल्य पनि आकाश छोएको उनीहरूको भनाइ छ । 

किसान युनियनले ग्रिस सरकारसँग पटकपटक वार्ता गरेका छन् । सरकारले प्राकृतिक प्रकोपबाट हुने क्षतिको तत्काल क्षतिपूर्ति, प्राथमिक क्षेत्रमा प्रयोग हुने बिजुली तथा इन्धनको न्यून मूल्य र करमा छुटलगायतका किसानको बोझ कम गर्ने उद्देश्यले प्याकेज घोषणा गरेको छ । तर, मंगलबार प्रदर्शनकारीले आफ्नो खेती जारी राख्नका लागि ती उपाय अपर्याप्त भएको बताए ।

आपूर्ति, मल र पशु दानामा थप अनुदान, गैर–ग्रिस–निर्मित उत्पादनहरूलाई ग्रिसको रूपमा लेबलिङ बन्द गरेर अनुचित प्रतिस्पर्धाबाट घरेलु उत्पादनको थप सुरक्षा गर्न आग्रह गरेका छन । तर, सरकारले अहिले थप रकम दिने कुनै ठाउँ नभएको बताएको छ । 

मंगलबार ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोलासँग भेट गरेर हालैका हप्तामा फ्रान्सदेखि पोल्याण्ड र ग्रिससम्मका किसानको प्रदर्शनलगायतका विभिन्न मुद्दामा छलफल गरेका थिए ।  





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार ९:४६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया