विश्वकप लिग–२ : नामिबियाविरुद्ध दबाबमा नेपाल, कुशल मल्ल ३६ रनमा आउट
फाइल तस्बिर

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटको रूपमा अलराउन्डर कुशल मल्ललाई गुमाएको हो । उनी २६.३ ओभरमा ३६ रनमा आउट भए । 

कुशलले आज ५२ बलमा तीन छक्का र एक चौकासहित ३६ रनको पारी खेलेका हुन् । उनलाई कप्तान जेर्हार्ड इरास्मसले क्रिज बाहिर पठाए । नेपालले पाँचौं विकेटको रूपमा रोहितकुमार पौडेललाई गुमायो ।

उनी २३.२ ओभरमा शून्यमै आउट भए । रोहितलाई पार्ट टाइम बलर जन निकोल लोफ्टी-इटनले पवेलिएन फर्काए । 

फाइल तस्बिर

देव र अनिल पनि डकआउट 

नामिबियाविवरुद्ध अनिल साह र देव खनाल पनि शून्यमै आउट भए । देव आठौँ ओभरको अन्तिम बलमा तथा अनिल उनी ६.४ मा शून्यमै आउट भएका हुन् । देवलाई ज्याक ब्रासेलले विकेटकिपरबाट क्याच आउट गराए ।



अनिल बर्नार्ड स्कोल्ट्जको बलमा आउट भए । यही ओभरको दोस्रो बलमा कुशल भुर्तेल आउट भए । उनी ६.२ ओभरमा स्पिनर बर्नार्ड स्कोल्ट्जको बलमा एल्बीडब्लू आउट भएका हुन् । कुशलले आज १६ बलमा तीन चौकासहित १८ रन जोडे ।

आसिफको १२औँ अर्धशतक  
 
ओपनिङ ब्याटर तथा विकेटकिपर आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ६४ बलमा आठ चौका र एक छक्कासहित ५८ रनको पारी खेलेका हुन् । आसिफको यो १२औँ आडिआई अर्धशतक हो । उनी ओडिआईमा १२ अर्धशतक बनाउने एक्ला नेपाली ब्याटर हुन् ।



कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले नामिबियाविरुद्ध गुलशन झालाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो । 

जारी सिरिजमा नेपाल र नामिबिया दोस्रो जितको खोजीमा छन् । नेपाल श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भने नेपालले नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको सानदार जित निकाल्यो ।

नामिबियाले भने पछिल्लो खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटको हार बेहोरेको थियो । हालसम्म नेपाल र नामिबियाबीच पाँच खेलमा भेट भएको छ । जसमा दुवै टिमले दुई÷दुई खेल जितेको रेकर्ड छ । नेपाल र नामिबियाबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ ।    

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, रोहितकुमार पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी ।

बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ र गुलशन झा । 

  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार ११:१७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया