नामिबियाको तेस्रो विकेट पतन, कुशललाई पहिलो सफलता
फाइल तस्बिर

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता अलराउन्डर कुशल मल्लले दिलाए ।

उनले १२.१ ओभरमा माइकल भ्यान लिङ्गेनलाई ३१ रनमा विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए । नेपाललाई दोस्रो सफलता कप्तान रोहितकुमार पौडेलले दिलाए । उनले ४.१ ओभरमा जेपी कोट्जेलाई तीन रनमा बोल्ड गरे । 

नामिबियाले पहिलो विकेटको रूपमा दोस्रो ओभरको चौथो बलमा निकोलास डेभिनलाई गुमायो । उनलाई दीपेन्द्र सिंह ऐरीले ८ रनमा रनआउट गरे । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३७.१ ओभरमा १ सय ६८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ६४ बलमा आठ चौका र एक छक्कासहित ५८ रनको पारी खेलेका हुन् । आसिफको यो १२औँ आडिआई अर्धशतक हो । उनी ओडिआईमा १२ अर्धशतक बनाउने एक्ला नेपाली ब्याटर हुन् ।    

यस्तै, कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नामिबियाका लागि बर्नार्ड स्कोल्ट्ज र जन निकोल लोफ्टी-इटनले चार/चार, गेर्हार्ड इरास्मस तथा ज्याक ब्रासवेलले एक/एक विकेट लिए । 





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १३:१९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया