पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका लागि आवेदन दिनेकाे नामावली विवरण सार्वजनिक गरेको छ । विवरणाअनुसार पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि १८ जनाको आवेदन परेको छ ।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको संयोजकत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति बनाएकाे थियाे । साे समितिले आगामी १८ फागुनमा रिक्त हुने पदका लागि छनोट तथा सिफारिस समितिले २३ माघमा आवेदन माग गरेको थियो ।
सार्वजनिक विवरणअनुसार तोय नारायण पौडेल, शुभनारायण पाठक, अनिल कुमार पोख्रेल, जीवन कुमार ढकाल, अशोक कुमार झा, गुरु प्रसाद खनाल, प्रमोद कुमार झा, बिजु कुमार थपलिया, विनोद पराजुलीले आवेदन दिएका छन् ।
त्यस्तैगरी देवी प्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेश प्रसाद कोईराला, राजकुमार पोख्रेल, रेशम बहादुर थापा, रमेश प्रसाद भट्टराई र महेश राज दाहालले आवेदन दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।