गणेश लामाको स्पष्टीकरण : नौ वर्षअघिको जग्गाको पैसा दिन्छु भनेर उहाँ आफैँले कागज गर्नुभएको हो

आफूमाथि अपहरणको आरोप लागेपछि कांग्रेस केन्द्रीय सदस्य गणेश लामाले स्पष्टीकरण दिएका छन् । आफूले जग्गा विक्रीबापतको पैसा माग्दा अपहरणको आरोप लगाइएको उनको दाबी छ । 

नौ वर्षअघि व्यवसायी ज्ञानेन्द्र खड्काले ‘तीन महिनाभित्रमा पैसा दिन्छु’ भनेर जग्गा पास गरिदिन भनेपछि आफूले जग्गा पास गरिदिए पनि यत्तिका वर्षसम्म पैसा नदिएको उनको जिकिर छ । 

३० असोज २०७१ मा पास गरिदिएको जग्गाको पैसा हालसम्म पनि नपाएको उनले गुनासो गरेका छन् । ज्ञानेन्द्रको श्रीमती नानीमैयाँ कार्कीको नाममा आफूले जग्गा पास गरिदिएको त्यसको ९–१० वर्षसम्म उनी सम्पर्कविहीन बनेको लामाले आरोप लगाएका छन् । 

दुई महिनाअघि ज्ञानेन्द्रसँग जम्काभेट भएको र उनले जग्गाको पैसा दिन्छु भनेर कागज गरिदिएको उनले बताएका छन् । आनाको ५० लाख जाने ४० आना जग्गा खड्काको श्रीमतीको नाममा पास रहेको उनको दाबी छ । खड्काले आफैँ वडामा गएर कानुनबमोजिम कागज गरेको उनले दाबी गरेका छन् । 

र, यो पनि...

कांग्रेस नेता गणेश लामाको समूहले अपहरण गरेर लेनदेनको कागज गराएको ज्ञानेन्द्र खड्काको आरोप



ज्ञानेन्द्रले भने आफूलाई बन्धक बनाएर मोबाइल र ल्यापटप कब्जा गरेको र क्रिप्टो ट्रान्सफर गर्न भनेको बताएका छन् । तर, नभेटेपछि कागज गराएको ज्ञानेन्द्रको भनाइ छ ।

ई–कर्मस वेवसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्रले भने आफूलाई लामासहितको समूहले अपहरण गरेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए ।



प्रारम्भिक अनुसन्धानपछि थप छानबिन गर्न भन्दै कार्यालयले उनको जाहेरी जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाइदिएको छ ।

  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार २१:४८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया