प्रदेश सरकार र पहिचानवादीबीच तीन बुँदे सहमति

पहिचानवादी संगठनका प्रतिनिधि र कोशी प्रदेश सरकारको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको छ । विराटनगरमा भएको वार्ताका क्रममा बुधबार साँझ दुई पक्षबीच सहमति भएको हो ।

सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच भएको दोस्रो चरणको वार्तामा तीन बुँदे सहमति भएको हो । प्रदेशको पुनः नामकरण प्रक्रिया अघि बढाउन सरकार र आन्दोलनरत पक्ष दुबैले कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन पहल गर्ने सहमति भएको छ ।

वार्ताका क्रममा सरकारका तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा ३ र ४ कार्यान्वयन प्रक्रिया अघि बढेको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

ती विषयप्रति दुवै पक्षबाट सकारात्मक गरी फागुन मसान्तभित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरू फिर्ता लिने सम्बन्धमा अदालतहरूमा विचाराधीन मुद्दाहरूको विवरण र घाइतेहरूको उपचार खर्चको विवरण संकलन गरी पेश गर्ने सहमति पनि भएको छ ।

यसका लागि सरकारी पक्षबाट दुईजना र आन्दोलनरत पक्षबाट दुईजना रहने गरी कार्यदल गठन गर्ने सहमति भएको जनाइएको छ । 





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार ९:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया