निर्णायक खेलमा क्यानडासँग नेपाल ‘ए’ १८१ रनमा अलआउट
तस्बिर : क्यान

एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ‘ए’ ले क्यानडा इलाभेनलाई १ सय ८२ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४७ ओभरमा १ सय ८१ रनमा अलआउट भयो । 

नेपालका लागि आशुतोष घिरैयाले २८, अर्जुन कुमालले २७, बसिर अहमदले २५, सन्दीप जोराले २४, सुजन थपलियाले २०, राशिद खान र प्रतिश जिसीले १९/१९ रन बनाए । 

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । क्यानडाका लागि निकोलस किर्तन, डिलन हेलिगर र हर्ष ठाकरले सर्वाधिक दुई/दुई विकेट लिए । 

नेपाल ‘ए’ ले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । नेपालले आज मयन यादव, विवेकुमार यादव, रिजन ढकाल र किरण ठगुन्नालाई विश्राम दिएर आशुतोष घिरैया, सुजन थपलिया, प्रतिश जिसी र हेमन्त धामीलाई मौका दिएको छ ।    

हेमन्त धामी, फाइल तस्बिर



नेपाल ‘ए’ को कप्तानी आज पनि सन्दीप जोराले नै गर्दैछन् । टिमका नियमित कप्तान विनोद भण्डारी विरामी भएका कारण सन्दीपले कप्तानी गरिरहेका हुन् ।

उनकै नेतृत्वमा सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले क्यानडालाई दुई विकेटले हराएको थियो । पहिलो खेलमा भने नेपाल ‘ए’ चार विकेटले पराजित भएको थियो । 



नेपालको प्लेइङ–११ : अर्जुन कुमाल (विकेटकिपर), आशुतोष घिरैया, सन्दीप जोरा (कप्तान), सुजन थपलिया, बसिर अहमद, राशिद खान, शेर मल्ल,  प्रतिश जिसी, सागर ढकाल, शाहब आलम र हेमन्त धामी ।   

बेन्च : विनोद भण्डारी, रिजन ढकाल, विवेककुमार यादव, किरण ठगुन्ना र मयन यादव ।  

क्यानडा इलाभेनको प्लेइङ–११ : आरोन जोन्सन, नवनित धालिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सृमन्थ विजयरत्ने, निखिल दत्त, अमर खालिद, कलीम साना र दिलप्रित बज्वा ।  

बेन्च : श्रेयस मोम्भा, प्रगत सिंह, उदय भगवान सिंह र सहिद अहमदजाई ।  

  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार १२:५५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया