करिनाको फिल्ममा छोरा तैमुर पनि खेल्ने

एजेन्सी— करिना कपुर खान तथा सैफ अलि खानका छोरा तैमुरले पनि अब बलिउडमा इन्ट्री मार्ने भएका छन् । २ वर्षका मात्र पुगेका तैमुरको प्रशंसा त त्यहाँका सेलेब्रिटीहरुले यसअघि पनि गर्दै आएका थिए । उनका फोटो र भिडियो इन्टरनेटमा पनि बारम्बार भाइरल भएकै हुन्। 

यसबीच एउटा नयाँ समाचार छ– तैमुर करिनाको फिल्म ‘गुड न्युज’मा देखिने भएका छन् । उनी यो फिल्ममा १० मिनेटको क्यामियो रोल गर्दै छन् । तैमुरले आफ्नो रोलका लागि २ सिन सुट पनि गरिसकेको भारतीय मिडियामा चर्चा छ । त्यसो त फिल्मको सेटमा उनले गरेका रमाइला पनि भिडियोका रुपमा बारम्बार बाहिर आइरहेका छन् । 





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १९:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया