क्यानडाले जित्यो नेपाल ‘ए’सँगको एकदिवसीय श्रृंखला

क्यानडा र नेपाल ‘ए’ बीचको तीन खेलको एकदिवसीय श्रृंखला क्यानडाले जितेको छ । बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाल एलाई ४ विकेटले पराजित गरेसँगै श्रृंखलामा पनि अधिकार जमायो । 

१८२ रनको मध्यम लक्ष्य पाएको क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टयो । क्यानडाको जितमा निकोलस किर्तनले नट आउट ५८ रनको योगदान दिए । त्यस्तै आरोन जोनसनले ४२ र नभनित धाइवालले ३८ रन बनाए । 

बलिङमा क्यानडाका हर्ष ठाकेर, डिलन हेइलिजर र निकोलस किर्तनले समान २/२ विकेट लिए । त्यस्तै कालेम साना र साद जाफरले समान १/१ विकेट हात पारे । 

नेपालका लागि ब्याटिङमा आशुतोष घिरैया २८, अर्जुन कुमाल २७, बासिर अहमद २५, सन्दीप जोरा, २४, सुजन थपलिया २०, प्रतिश जिसी १९ रनमा आउट भए । शेर मल्ल र साहब आलमले खाता नै खोल्न सकेनन् भने हेमन्त धामी ६ रनमा आउट भए । 

यता बलिङमा साहब आलमले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट हात पारे । त्यस्तै शेर मल्ल र बाहिर अहमदले समान १/१ विकेट लिए ।  





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार १६:४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया