आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

आइसिसी विश्व कप लिग-२ क्रिकेटमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन् । नामिबिया र नेदरल्याण्ड्सबीचको खेल आज बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । तर, काठमाडौंमा बिहीबार अपरान्ह पानी परेकाले खेल ढिला गरी सुरु हुन सक्ने सम्भावना रहेको छ ।

लिग २ मा नामिबिया नेदरल्याण्ड्ससँग पहिलो खेलमा पराजित भएको थियो भने नेपालविरुद्ध भने दुवै खेल जित्दै शीर्ष स्थानमा रहेको छ । नेदरल्याण्ड्स नेपालसँग पराजित भएको थियो भने नामिबियालाई पराजित गरेको थियो ।

विश्वकप लिग टूमा ८ टिमले प्रतिस्पर्धा गरेका छन् । जसको शीर्ष चारमा पर्ने टिमले विश्वकपको ग्लोबल क्वालीफायरमा प्रतिस्पर्धा गर्ने छन् । आइसिसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । 

आजको खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ ।      
 





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार ८:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया