नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य

आइसिसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत एक दिवसीय खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित समयभन्दा ढिला गरी सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो । 

टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा सबै विकेट गुमाएर २०३ रनमात्रै बनाउन सक्यो । नामिबियालाई रोक्ने क्रममा नेदरल्याण्ड्सका भिभियन किंग्माले तीन तथा आर्यन दत्त, रोलेफ भान डेरले दुई दुई विकेट लिँदा सिराज अहमद, र बास डि लिडले एक एक विकेट हात पारे ।

नेदरल्याण्ड्सविरुद्ध नामिबियाको सुरुआत राम्रो भएन । टिमको स्कोर १ रन हुँदा नामिबियाले पहिलो विकेट गुमाएको थियो । उसका निकोलस डाभिन खाता नै नखोलेर पभेलियन फर्किए । 
त्यसपछि दोस्रो विकेट मिचेल भान लिनगेनको रुपमा नामिबियाले गुमायो । दोस्रो विकेट गुम्दा ६.१ ओभरमा ३३ रन बनाएको थियो । मिचेल २१ बलमा दुई चौकाको मद्दतले १० रन बनाए । 

तेस्रो विकेटको रुपमा कप्तान जेरार्ड एरास्मस पभेलियन फर्किएका थिए । उनी २२ बलमा १२ रन जोडेर आउट भएका हुन् । कप्तान आउट हुँदा नामिबियाले १३.५ ओभरमा ६२ र न बनाएको थियो । चौथो विकेटको रुपमा ओपनर मलान क्रुगर आउट भए । क्रुगरले ४८ बलमा ३९ रनको पारि खेल्दा पाँच चौका हिर्काएका थिए ।

लगत्तै पाँचौं विकेटको रुपमा जेजे स्मिथर खाता नखोली आउट भएका थिए । उनी पहिलै बलमा आउट भएका हुन् । त्यसपछि जान फ्रांक्लिन छैटौं विकेटको रुपमा ३४ रनको पारि खेलेर  आउट भए । उनले ५७ बलमा चार चौकाको मद्दतले ३४ रन बनाएका थिए । 

फ्रांक्लिन आउट हुँदा नामिबियाले ६ विकेट गुमाएर ३२.२ ओभरमा १५५ रन बनाएको थियो । सातौं विकेटको रुपमा जान निकोलस रनआउट भए । निकोलसले ४३ बलमा दुई छक्का र छ चौका प्रहार गर्दै ४९ रन जोडे । यसैगरी जेन ग्रीनले २२ तथा रुवने ट्रम्पलम्यानले नटआउट २३ रन जोड्दा नामिबियाले २०० प्लसको स्कोर गर्न सफल भयो । 





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार १४:४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया