कोशी प्रदेशका करिब ९ लाख बालबालिकालाई दादुरा-रुबेला खोप लगाइने

कोशी प्रदेश १४ वटै जिल्लामा गरी करिब ९ लाखजना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी फागुन १३ गतेदेखि खोप अभियान सञ्चालन हुने जनाएको छ ।

दुई चरणमा गरी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने जानकारी निर्देशनालयले दिएको छ । त्यसक्रममा कोशी प्रदेशको १४ वटै जिल्लाका ८ लाख ९३ हजार ९ सय ३४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

स्वास्थ्य निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठले पहिलो र दोस्रो चरण गरी ७ चैतसम्म ८ हजार ३ सय ६४ खोप केन्द्रमार्फत खोप लगाउने अभियान सञ्चालन हुने बताए ।
 





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार २२:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया