वुमेन्स प्रिमियर लिग : मुम्बई इन्डियन्सको विजयी सुरुआत

वुमेन्स प्रिमियर लिग (डब्ल्यूसीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्स वुमनलाई ४ विकेटले पराजित गरेको हो ।

बैंग्लोरमा भएको खेलमा दिल्लीले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । जवाफमा मुम्बईले ६ विकेटको क्षतिमा १७३ रन बनाउँदै ४ विकेटको जित दर्ता गरेको हो ।

दिल्लीका लागि पहिला ब्याटिङ गर्दै एलेस केप्सेले ५३ बलमा ७५ रनको धुवाँधार पारि खेलिन् । उनले तीन छक्का र आठ चौका प्रहार गरिन् । यसैगरी जेमिमा रोड्रिगेसले २४ बलमा ४२ रन बनाउँदा दुई छक्का र पाँच चौका हिर्काएकी थिइन् । कप्तान मेग लेनिङले ३१ रन बनाउँदा मरिजान केपले १६ रनको पारि खेलिन् । दिल्लीका लागि नाट सेभर र अमेलिया केरले समान दुई ,दुई विकेट लिए ।

जवाफमा सुरुआत खराब गरेको मुम्बईले कप्तान हरमनप्रित कौर र यास्तिका भाटियाले अर्धशतकीय पारि खेल्दै जित दिलाए । भाटियाले ४५ बलमा ५७ रनको पारि खेल्दै दुई छक्का र ८ चौका प्रहार गरिन् । 

यस्तै कप्ता कौरले ३४ बलमा ५५ रनको पारि खेल्दै एक छक्का र ७ चौका हिर्काइन् भने अमेलिया केरले १८ बलमा २४ रन बनाइन् । नाट सेभरले १९ रन जोडेकी थिइन् । 

अन्त्यमा सजिवन सजनाले अन्तिम एक बलमा छक्का प्रहार गरेपछि मुम्बईले जित निकाल्न सफल भयो । दिल्लीका लागि अरुणधति रेड्डी र एलिस केप्सीले दुई दुई विकेट लिए ।  





  • प्रकाशित मिति : फागुन १२, २०८० शनिबार ८:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया