पीएसएलमा पेशावर जाल्मीको पहिलो जित


पाकिस्तान सुपर लिग क्रिकेट (पिएसएल)मा पेशावर जाल्मीले पहिलो जित दर्ता गरेको छ । लगातार दुई खेलमा पराजित भएको पेशावरले शुक्रबार राति भएको खेलमा मुल्तान सुल्तानलाई ५ रनले पराजित गरेको हो । 

मुल्तानको भने पहिलो हार हो । मुल्तानले खेलेका चार मध्य ३ खेलमा जित निकाल्दै शीर्ष  स्थानमा छ ।

शुक्रबार राति पेशावरले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर १७९ रन बनाएको थियो । पेशावरका लागि हसिबुल्लाह खानले सर्वाधिक ३७ रन बनाउँदा कप्तान बाबर आजमले ३१ रन जोडेका थिए । 

यसैगरी रोभमन पावेलले २३ रन जोड्दा मोहम्मद हेरिसले १९ रन बनाए । त्यस्तै, पौल वाल्टरले १६ रन र लुक वुडले १७ रनको नटआउट पारि खेले । मुल्तानका डेभिड वेली, मोहमम्द अली र उस्मा मिरले समान दुई, दुई विकेट लिए ।

जवाफी लक्ष्यसहित मैदान उत्रिएको मुल्तान २० ओभरमा सबै विकेट गुमाएर १७४ रनमा रोकिन पुग्यो । मुल्तानका लागि डेभिड मलानले ५२ रनको आक्रामक पारि खेलेका थिए भने यासिर खानले ४३ रन बनाए । रेजा हेन्ड्रिकले २८ रन जोड्दा इफ्तिकर अहमदले १६ रन बनाए ।

पेशावरका लागि आरिफ याकुवले तीन तथा लुकी वुड, नभिन उल हक र सल्मान इस्रिदले समान दुई, दुई विकेट लिए ।
 





  • प्रकाशित मिति : फागुन १२, २०८० शनिबार ८:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया