केपी ओली कपमा आज एनआरटी र थ्री स्टार तथा आर्मी र पुलिस भिड्दै
थ्रीस्टार क्लब

नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै छन् । ललितपुरको एन्फा मैदानमा हुने पहिलो खेलमा एनआरटी र थ्रीस्टार क्लब आमनेसामने हुनेछन् ।

एनआरटी र थ्रीस्टारबीचको खेल बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । यो खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ । यसैगरी आजै हुने दोस्रो खेल विभागीय डर्बी हुनेछ । जसमा त्रिभुवन आर्मी र नेपाल पुलिस आमनेसामने हुनेछन् । आर्मी र पुलिसबीचको खेल दिउँसो ३ बजेदेखि एन्फा मैदानमै खेलाइनेछ । पुलिस र आर्मीको विजेताले सेमिफाइनल प्रवेशका लागि मच्छिन्द्र क्लबसँग खेल्नेछ ।

शुक्रबार भएको उद्घाटन खेलमा आयोजक टोलीले ‘ए’ डिभिजन लिग विजेता क्लब चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । अब सेमिफाइनल प्रवेशका लागि आयोजक टोलीले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित  भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लब र आयोजक गरी कुल १० टिमबीच प्रतिस्पर्धा सुरु भएको छ ।

विजेता टिमले ११ लाख र दोस्रो हुनेले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । फाइनल खेल १९ फागुनमा हुनेछ । 





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार ७:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया