न्यायाधीशद्वय थपलिया र निरौला बर्खास्त

न्याय परिषद्ले विवादमा मुछिएका दुई न्यायाधीशलाई बर्खास्त गरेको छ।। आइतबार बसेको परिषद्‌को बैठकले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको हो।

दुवै न्यायाधीशलाई बर्खास्त गर्न परिषद् बैठकले सर्वोच्च अदालतमा पत्र पठाएको छ। बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाई बर्खास्तका लागि पत्र पठाएको हो।

थपलिया उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत थिए। उनलाई त्यहाँबाट कारबाहीका लागि न्याय परिषद्‍मा तानिएको थियो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले थपलियालाई न्याय परिषद्‍मा तान्ने निर्णय गरेका थिए। निरौला जिल्ला अदालत काठमाडौंमा थिए।

न्यायाधीश राजकुमार कोइरालालाई निगरानीमा राख्दै परिषद्ले सचेत गराएको छ। उनी २ करोड रुपैयाँको अडिओ टेपका कारण विवादमा परेका थिए।





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १८:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया