प्रभु बैंकका डेपुटी सिईओ न्यौपाने पक्राउ

प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ परेका छन् । तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता गरेको भेटिएपछि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको हो ।

उनीसहित यो प्रकरणमा ११ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । न्यौपाने २०७८ सालमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

यस प्रकरणमा थप एक जनालाई पनि पक्राउ गर्ने सीआईबीको तयारी छ ।  





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार १२:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया