नामिबियाले दियो नेपाललाई २०७ रनको लक्ष्य, इटनको विश्वकीर्तिमानी शतक

त्रिकोणात्मक टी–२० सिरिजमा नामिबियाले घरेलु टिम नेपाललाई २ सय ७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो ।

उसका लागि मध्यक्रमका ब्याटर जान निकोल लोफ्टी-इटनले कीर्तिमानी शतकीय इनिङ खेले । ३६ बलको सामना गरेका उनले ११ चौका र ८ छक्कासहित १ सय १ रनको इनिङ खेलेका हुन् । इटनले ३३ बलमै शतक पूरा गर्दै विश्वकीर्तिमान बनाए ।

यसअघि टी–२० आईमा सर्वाधिक छिटो शतक बनाउने रेकर्ड नेपाली अलराउन्डर कुशल मल्लको नाममा थियो । उनले गत वर्ष मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।

यस्तै, नामिबियाविरुद्ध मलान क्रुगरले अविजित ५९, माइकलभान लिङ्गेनले २० र जेपी कोएट्जेले ११ रन जोडे । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले दुई, अविनाश बोहरा र करण केसीले एक/एक विकेट लिए । 

टी–२० अन्तर्राष्ट्रियमा नेपाल र नामिबिया पहिलोपटक एकअर्काविरुद्ध खेलिरहेका हुन् । दुवै टिम आज पहिलो भेटमै खेल जित्दै इतिहास रच्न चाहन्छन् । आइसिसी टी–२० आई वरियतामा नामिबिया ११औँ र नेपाल १६औँ स्थानमा छ । 

नामिबिया, नेपाल, नेदरल्याण्ड्स आसन्न विश्वकपको तयारीस्वरूप टी–२० आई सिरिज खेल्न लागेका हुन् । १ जुनदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा नेपाल र नेदरल्याण्ड्स समूह ‘डी’ र नामिबिया समूह ‘बी’ मा छ ।
 
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, विवेककुमार यादव, गुलशन झा, सोमपाल कामी, करण केसी र अविनाश बोहरा ।





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार १३:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया