नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि जोर्डनसँग भिड्ने

नेपाल साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । गएराति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।  

पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपाल फाइनलको यात्रा गर्न सफल भयो । नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ र प्रिती राईले समान एक गोल गरे । 

खेलमा ३८औं मिनेटमा लेबनानले सुरुवाती अग्रता लिएको थियो । नेपालकी रक्षक पूजा रानाले आत्मघाती गोल गरेपछि नेपाल पछि परेको थियो । पूजाले गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा अगाडि बढेको अवस्थामा दिएको ब्याकपासले जाली चुमेको थियो ।

७६औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि पहिलो गोल सावित्रा भण्डारीले गरिन् । प्रतियोगितामा उनको यो नवौँ गोल हो । इन्जुरी समयमा प्रिती राईले गोल गर्दै नेपाललाई २–१ को रोमाञ्चक जित दिलाइन् ।



नेपालले अब उपाधिका लागि बिहीबार राति ७ बजे जोर्डनको सामना गर्नेछ । जोर्डन पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै सेमिफाइनल  जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।

साविक विजेतासमेत रहेको जोर्डनले हालसम्म पाँचपटक वाफ च्याम्पियनसिपको उपाधि जितेको छ ।  



  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार ६:४६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया