राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय
माओवादीले तोक्यो प्रदेश इन्चार्ज
फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । साथै बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । जसअनुसार कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिएको छ भने सहइन्चार्जको जिम्मेवारी सावित्रीकुमार काफ्लेले पाएकी छन् । 

मधेस प्रदेशको इन्चार्ज सचिव लिलामणि पोखरेल र सहइन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य विश्वनाथ शाहले पाएका छन् । त्यस्तै वागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटालाई दिइएको छ । बागमतीमा सहइन्चार्ज तोकिएको छैन । प्रवक्ता सापकोटाका अनुसार गण्डकी प्रदेश इन्चार्ज सचिव दिनानाथ शर्मा र सहइन्चार्ज हरिराज अधिकारीलाई दिइएको छ । 

त्यस्तै, लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव चक्रपाणि खनाल र सहइन्चार्जको जिम्मेवारी कुलप्रसाद केसीले पाएका छन् । कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल बनेका छन् भने सहइन्चार्ज तोक्न बाँकी राखिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्ज केन्द्रीय सदस्य बिना मगरलाई बनाइएको छ ।

प्रवक्ता सापकोटाले प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्ज लक्ष्मण पन्त र सहइन्चार्ज टीबी पाठक तथा प्रवास प्रदेश समिति युरोप अमेरिका इन्चार्ज सुरेन्द्रकुमार कार्कीलाई तोकिएको जानकारी दिए । 

बैठकले विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज यशोदा सुवेदीलाई बनाएको पनि प्रवक्ता सापकोटाले जानकारी दिए । माओवादी केन्द्रले मधेस/तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ । त्यस्तै, स्थानीयदेखि संघीय जनप्रतिनिधि भने आफ्नो निर्वाचित जिम्मेवारीमा नै रहने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।   

स्थायी कमिटी बैठकले मिटरब्याजी पीडित लघुवित्त पीडित र दुग्ध उत्पादक कृषकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता सापकोटाले राष्ट्रिय सभा अध्यक्षमा पार्टीले उम्मेदवारी दिने निर्णय गरेको पनि बताए ।





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १२:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया