कि‌न्डरगार्टनका २३ बच्चालाई टिचरले विष खुवाए

चीन– मध्य चीनको हेनान प्रान्तकाे एक किंडरगार्टनमा टिचरले २३ जना बच्चालाई विष दिएका छन् । टिचर वांगलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीका अनुसार यो घटना मार्च २५ मा भएको थियो ।

वांगले बच्चाको खानामा सोडियम नाइट्राइट दिएका थिए । धेरै बच्चाहरु उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी सात बच्चाहरुको उपचार भइरहेको छ । 

सोडियम नाइट्राइट माछा मासुका उत्पादित वस्तुमा प्रयोग हुने पदार्थ हो । यसको गलत तरिकाले सेवन गर्दा मानिसको ज्यान पनि जान सक्छ । 

एक पीडित बच्चाका बुबा लीले भने ‘२५ मार्चमा मलाई किंडरगार्टनबाट एक टिचरको फोन आएको थियो । उनले फोनमा तपाईंको बच्चाले खाना खाएपछि बान्ता गर्न थाले र बेहोस भए भने । जब म स्कुल पुगे बच्चा बेहोसी हालतमा भेटेँ ।’

स्कुलका सबै बच्चाको हालत खराब थियो, उनीहरुलाई तुरुन्तै अस्पताल पुर्याइयो । 

विष पिएर विरामी हुने बच्चाहरु सबै कक्षा एकमा पढ्थे । के कारणले विष खुवाइयाे भन्ने अहिलेसम्म नखुलेकाे चिनियाँ प्रहरीले जनाएकाे छ । 





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार १६:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया