नेपाललाई चौथो झड्का, गुलशन झा २६ रनमा आउट

त्रिकोणात्मक टी–२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटको रूपमा गुलशनकुमार झालाई गुमाएको हो । उनी ७.२ ओभरमा २६ रनमा आउट भए । त्यसक्रममा गुलशनले तीन छक्का हिर्काए ।  
 
नेपालले तेस्रो विकेटको रूपमा अनिल साहलाई गुमायो । उनले आज १७ बलमा तीन छक्कासहित २३ रन बनाए । नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो । उनी आज ३.३ ओभरमा १० रनमा आउट भए । 

नेपालले पहिलो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमायो । उनी दोस्रो ओभरको पहिलो बलमा एक रनमै बोल्ड भए । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले आज टस हारेर ब्याटिङको मौका पाएको हो । 
 





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १२:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया