साफ यू–१६ महिला फुटबल : नेपालले बंगलादेशसँग खेल्दै

राजाधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । 

च्यासल मैदानमा नेपालले आज दिउँसो ३ बजे पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो । 

साफ यू–१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बंगलादेशसहित चार टिमले सहभगीता जनाएका छन् । राउन्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।  

नेपाली टिम 

गोलरक्षकः रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान  र लक्ष्मी ओली ।

स्ट्राइकरः पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु ।



मिडफिल्डरः भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ । 

डिफेन्डरः दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो ।  



  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार ८:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया