मरिचका गुण

मरिचले हाम्रो खानालाई स्वादिस्ट बनाउने मात्र होइन, यसमा निकै धेरै औषधीय गुणहरु पनि हुन्छन् । मरिच खानुका केही फाइदाहरु हुन्ः

कालो मरिचमा कीटनाशक गुण हुने भएकाले यसको सेवनले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । कालो मरिच बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर लाग्ने सम्भावना कम हुन्छ । 

चिनीसँग कालो मरिच मिसाएर दैनिक दुई चम्चा सेवन गर्दा पाइल्सबाट राहत पाउन सकिन्छ ।

शक्तिलाई बलियो बनाउनुका साथै पेट सफा गर्छ । नियमित यसको सेवन गरे ग्यास्ट्रिक हुँदैन

बढ्दो उमेरका कारण हुने अर्थाराइटिस रोगीका लागि कालो मरिच फलदायी हुन्छ । तताएको तिलको तेलसँग यसको धुलो मिसाएर हातखुट्टामा लगाएमा आराम मिल्छ ।

उच्च रक्तचापका बिरामीले तातो पानीमा कालो मरिचको धुलो मिसाएर खाएमा रोग नियन्त्रण गर्न सहयोग पुग्छ । 



तातो पानीमा कालो मरिचको धुलो र कागती हालेर पिउँदा एसिडिटीबाट छुटकारा पाउन सकिन्छ ।  
 



  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार २०:३७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया