नेपाललाई पाँचौं झड्का, कुशल ११ बलमा २६ रन बनाएर आउट

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध  नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालले पाँचौं विकेटको रूपमा कुशल मल्ललाई गुमाएको हो ।

उनी १७.१ अ‍ोभरमा साइब्रान्ड एंगलब्रेच्टको बलमा क्याच आउट भए । कुशलले आज ११ बलमा तीन छक्कासहित २६ रन बनाए । नेपालले चौथो विकेटको रूपमा दीपेन्द्र सिंह ऐरीलाई गुमायो । उनी १४.३ ओभरमा एक रनमा आउट भए ।  

ऐरीलाई टिम भ्यान डर गुग्टेनले एल्बीडब्लू धरापमा पारे । नेपालले तेस्रो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमायो ।  उनले आज ३७ बलमा तीन छक्का र एक चौकासहित ४७ रनको पारी खेले । आसिफ माइकल लेभिटको बलमा एल्बीडब्लू आउट भए । 

नेपालले तेस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो । उनी पनि लेभिटको बलमा आउट भए । रोहितले आज १९ बलमा तीन चौका र एक छक्कासहित २५ रन बनाए । नेपालले पहिलो विकेट ३.३ ओभरमा कुशल भुर्तेललाई गुमायो ।  

उनी टिम भ्यान डर गुग्टेनको बलमा बोल्ड भए । कुशलले आज १० बलमा दुई छक्का र एक चौकासहित २० रनको पारी खेले । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । नेपालले आज पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको छ । 





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार १२:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया