बच्चाको दाँतले मुटु र क्यान्सरको उपचार

एजेन्सी– अमेरिकामा नेसनल रिसर्च सेन्टर फर बायोलोजीको एक अनुसन्धानले बच्चाहरुको टुट्ने दुधे दाँत सँगालेर राखे भविष्यमा धेरै लाभदायी हुन सक्ने देखाएको छ । उक्त अध्ययनमा सानोमा टुट्ने दाँतमा भएको ‘स्टेम सेल’ ले क्यान्सर र मुटुसम्बन्धी रोगको उपचार हुन सक्छ भन्ने देखाएको हो ।

अनुसन्धानकर्ताका अनुसार बढी उमेरका मान्छेहरुको तुलनामा बच्चाहरुको दाँत वातावरणमा धेरै समयसम्म सम्पर्कमा नरहने हुनाले खराब भएका हुँदैनन् । दाँतमा भएको ‘स्टेम सेल’ को सहयताले शरीरमा सजिलै नयाँ कोशिका निर्माण गर्न सक्छ । बच्चाहरुका दाँतबाट पाइने स्टेम सेल उपचारका लागि एकदमै राम्रो सावित हुन सक्छ जसले गर्दा ‘बोनम्यारो’ निकाल्नै पर्दैन । 

दाँतमा रहेको स्टेम सेल को खोज र त्यसमाथि गरिएको शोधकार्य अहिले प्रारम्भिक चरण रहेको छ । तर भविष्यमा यसको मदतले क्यान्सरको उपचारका साथै हृदयघात कम गर्नमा सहयोग गर्न सक्छ । त्यसैगरी दाँतमा पाइने स्टेम सेलले हाडको, आँखाको तन्तु निर्माण गर्न सक्छ । यो स्टेम सेल १० वर्षको बच्चाको दाँतबाट पाइन्छ ।





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १३:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया