गठबन्धन परिवर्तनपछि कांग्रेसमा ठूलो बेचैनी र आक्रोश देखियो : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो छटपटी र बेचैनी र आक्रोश देखिएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले, गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो छटपटी र बेचैनी र आक्रोश देखिएको भन्दै ०८४ को निर्वाचनमा यस्तै परिदृश्य नदोहोरिने दाबी गरे । 

‘यो परिवर्तन कांग्रेसलाई कति गहिरो पीडा रहेछ कति गहिरो घाउ लागेको रहेछ । भन्ने कुरा रमेश लेखक ज्यूले सँगसँगै अभिव्यक्त गर्नुभयो । यो तहको पीडा,छटपटी, बेचैनी,आक्रोश  व्यक्त गर्न आवश्यक थिएन भन्ने लाग्छ,’ उनले भने, ‘संवैधानिक प्रबन्ध अन्तर्गत कहिल्यै पनि कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन्  भन्ने लाग्दैन । सक्छौँ हेर्दै जानु भए हुन्छ ८४ को निर्वाचनमा यस्तै यस्तै परिदृश्य दोहोरिने छैनन् । त्यति सहज छैन । साच्चीनै  जनताको नयाँ आशा जगाउन सक्ने विश्वास जित्न सक्ने दलहरूले मात्र बहुमत आर्जन गर्न सक्ने प्रबन्ध छ तर बहुमत ल्याउन सक्दैनन् भन्ने छैन ।’

उनले बहुमत प्राप्त गर्न सकेन भने दलहरू मिलेर सरकार निर्माण र सञ्चालन गर्ने संविधानले नै प्रबन्ध रहेको भन्दै यसमा कुनै आपत्ति जनाउनु पर्ने विषय नरहेको बताए । 

उनले भने, ‘कुनै दलले बहुमत प्राप्त गर्न सकेन भने संविधानले नै प्रबन्ध गरेको छ । दलहरूका बिचमा सहकार्य हुन्छ दलहरू मिलेर सरकार निर्माण गर्छन् । दलहरूका मिलेर सरकार निर्माण र सञ्चालन गर्न सक्छन् भने परिवर्तन गर्न सक्छन् कि सक्दैनन् ? त्यो बाटो हामीले हिँड्न पाउँछौँ कि पाउँदैनौँ । कि त गठबन्धन बनाउन पाइन्छ तर नेपाली कांग्रेससँग मात्र भनेर लेख्नु पर्‍यो नि संविधानमा ।’ 





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १५:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया