मुम्बईको एक विशेष अदालतले बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई अभिनेता सुशान्त सिंह राजपूतका मृत्युसँग सम्बन्धित ड्रग्स मामलामा परिवारका साथ विदेश जान अनुमति दिएको छ ।
अदालतले उनलाई होलीको कार्यक्रममा सहभागी हुनका लागि श्रीलंका जाने अनुमति दिएको हो ।
एडीपीएस अधिनियमसँग सम्बन्धित मामलाको सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीश केपी क्षीरसागरले रियाले आफू विदेश जान पाउँ भनी दिएको निवेदनको सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । अदालतले उनका भाइ र मामलाका सह–अभियुक्त शौविक चक्रवर्तीद्वारा दायर आवेदनलाई पनि अनुमति दिएको छ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको सन् २०२०, जुन १४ मा निधन भएका थियो । सुशान्तका निधनपछि उनको परिवारले रियामाथि सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका थिए । लामो समयको अनुसन्धानपछि अभिनेत्रीलाई लागु औषध मामलामा सोही वर्षको सेप्टेम्बरमा गिरफ्तार पनि गरिएको थियो ।
गिरफ्तारीको करिब एक महिना पछि बम्बई हाई कोर्टले उनलाई जमानत दिएको थियो । यो मामलामा रियाका अलावा उनका भाइ शौविक र अन्य कैयौँ व्यक्ति आरोपित थिए । सुशान्तको मुद्दापछि रियालाई विदेश यात्रामा पनि अदालतले रोक लगाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।