शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ गठबन्धन : दिनानाथ शर्मा
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव दिनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सृजना भएको बताएका छन् । 

म्याग्दीको बेनीमा आज नेकपा (माओवादी केन्द्र) का जिल्ला तथा प्रदेश तहका नेताहरूसँगको भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा वामपन्थी राजनीतिक शक्तिको सहकार्यलाई दीर्घकालीन बनाउनु राष्ट्रिय आवश्यकता भएको बताए ।   

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा माओवादीका शीर्ष नेताहरूबीच विगतका कमजोरी सच्च्याएर सहकार्य गर्ने समझदारी बनेको पूर्वमन्त्री शर्माले बताए । 

राष्ट्रिय समस्या समाधान, अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणलाई गति दिने, सुशासन कायम गर्ने तथा शान्ति प्रक्रियाका बाँकी कामलाई प्राथमिकता दिने सहमति भएको उनले बताए । 





  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार २०:३६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया