अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनालाई मन्त्री र एकलाई राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री शाहले नाउपाका संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्री र इन्द्र गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । खुसीराम चौधरी बिनाविभागीय मन्त्रीको रूपमा नियुक्त भएका छन् ।
उनीहरूले शुक्रबार राति ९ बजे नवनियुक्त दुई मन्त्री र एक राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका छन् । कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री रहेका शाहले राप्रपा र स्वतन्त्र सांसदलाई पनि साथमा लिएर बहुमत पुर्याउने विश्वासका साथ नागरिक उन्मुक्ति पार्टीबाट शुक्रबार मन्त्री नियुक्त गरेका हुन् ।
प्रदेशसभामा कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपा एक र स्वतन्त्र सांसद एकजना छन् । सरकारलाई बहुमत पुर्याउन २७ मत आवश्यक पर्छ । अर्कोतिर माओवादी–एमालेको नयाँ गठबन्धनको सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।