तालिबानलाई राष्ट्रसंघको अनुरोध- महिलामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिनू

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले तालिबानसँग महिला तथा बालिकाहरूमाथिको प्रतिबन्ध फिर्ता लिन आह्वान गर्दै प्रतिबन्ध जति लामो समयसम्म रहन्छ त्यति नै धेरै नोक्सान हुने चेतावनी दिएको टोलो न्युजले जनाएको छ । 

उनका अनुसार पहिचानको सवाल र अफगानिस्तानमा विशेष दूतको भूमिका एजेन्डामा रहेको छ । अफगानिस्तान अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक सकिएपछि पत्रकार सम्मेलनमा ओटुनबायेभाले दोहामा हुने तेस्रो बैठकमा पहिचानको मुद्दा र विशेष दूतको कार्यक्रमलाई निरन्तरता दिने आशा राखेको बताए । 

टोलो न्युजका अनुसार सुरक्षा परिषद्का केही सदस्य र अफगानिस्तानमा महिला तथा बालिकाको अधिकार पूर्ण पालनका लागि राष्ट्रसङ्घीय महासचिवका विशेष प्रतिनिधिले पनि मानवअधिकार समस्याहरूको महत्त्वलाई जोड दिए ।   

उनका अनुसार अफगानिस्तानका विषयमा तेस्रो दोहा बैठक यसै वर्षको जुनमा हुनेछ । ‘हामी भविष्यमा एउटा अर्को दोहा बैठक गर्दैछौँ, मलाई आशा छ पहिचानको मुद्दा र विशेष दूतको भूमिकालाई निरन्तरता दिइनेछ, यो अब एजेन्डामा छ, यो एकतामा कसरी काम गर्ने भन्ने कुरा हो’, ओटुनबायेभाले भने ।  

यसैबीच राष्ट्रसंघमा अमेरिकाका उपस्थायी प्रतिनिधि रोबर्ट वुडले कानूनीरूपमा हिजाब लगाउन आवश्यक नरहेका महिलाहरूलाई पनि तालिबानले हिरासतमा लिएको दाबी गरेका छन् । 

‘कानूनीरूपमा हिजाब लगाउन आवश्यक नभएका महिलाहरूलाई पनि तालिबानले हिरासतमा लिइरहेको छ, अमेरिका महिलाहरूलाई समाजमा पूर्णरूपमा सहभागी हुनसक्ने दिनका लागि तयार हुनका लागि अफगान महिलाहरूसँग काम गरिरहेको छ’, उनले भने ।  





  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार २२:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया