विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबारभित्र माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ । 

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ । 

२१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ । 

प्रधानमन्त्री दाहाल जति सक्दो छिटो प्रतिनिधिसभाबाट (सोमबारको बैठकमा) विश्वासको मत लिने तयारीमा छन् । सो बारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ। 





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार ९:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया