एमालेको दाबी- नयाँ गठबन्धनले एमालेको मिसन ८४ लाई डाइभर्ट गर्दैन

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको नयाँ गठबन्धनले एमालेको ‘मिसन ८४’ लाई कुनै प्रभाव नपार्ने बताएका छन् ।
 
शनिबार काठमाडौंमा आयोजित पार्टीको काठमाडौं महानगरपालिका-५ कमिटीको १२ औँ अधिवेशन उद्घाटन समारोहपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले मिसन ८४ को लक्ष्यलाई सहयोग पुर्‍याउने गरी एउटा स्टेपको रूपमा नयाँ गठबन्धनलाई लिएको भन्दै यसले मिसन ८४ लाई कुनै प्रभाव नपार्ने बताएका हुन् । 

‘मिसन ८४ भनेको एउटा लक्ष्य हो । हामीले कुनै एउटा पार्टीले बहुमत नल्याएमा राजनीतिक अस्थिरताको सिलसिला सुरु हुन्छ भनेर नयाँ लक्ष्य तय गरेका हौँ । त्यसका लागि नेकपा एमालेले बहुमत ल्याउन आवश्यक छ । त्यो बहुमत ल्याउनु भनेको आर्थिक विकास र समृद्धि एव मुलुकमा राजनीतिक स्थायित्वको लागि हो,’ उनले भने, ‘त्यसैले हाम्रो अहिलेको नयाँ गठबन्धनले मिसन ८४ लाई डाइभर्ट गर्दैन । मिसन ८४ लाई लक्ष्य बनाएर हामी हिँडिरहेको छौँ ।’

उनले एमालेले निर्वाचनमा पनि गठबन्धन गरेर नै जाने कि नजाने भन्ने कुरा अहिले भन्न नसक्ने अवस्था रहेको बताए ।  





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १२:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया