भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दाउमा प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै बन्धुलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारीमा रहेको थाहा भएको छ । सत्ता गठबन्धनको नयाँ छलाङ मार्दा प्रधानमन्त्री दाहालले यो सर्तमा एमाले सहितका दलहरूलाई सहमत गराएको माओवादी केन्द्र सम्बध्द समाचार सूत्रले बताएको छ ।

प्रधानमन्त्री दाहालले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने योजना बनाएको माओवादीनिकट विश्वस्त सूत्रले बताएको छ । नारायणप्रसाद दाहाल यसअघि रामनारायण बिडारीको अवकाशपछि रिक्त भएको स्थानमा राष्ट्रिय सभाको सदस्य मनोनीत भएका थिए । 
 
यसअघि चितवन निवासी नारायण दाहाललाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

राष्ट्रिय सभालाई विज्ञहरूको सभा भनिए पनि दलहरूले आफ्नो नजिकका व्यक्तिलाई अवसर दिने वैकल्पिक थलोको रूपमा विकास गर्दै आएका छन् ।
सांसद दाहाल प्रधानमन्त्रीका साख्यै भाइ नभए पनि उनका घनिष्ठ सहयोगी मानिन्छन् । 

विगतमा पनि विज्ञका रुपमा आफूसँग नजिक राखेर प्रधानमन्त्रीले नारायणलाई सत्ताबाहिर रहन दिएका थिएनन् । यसपटक भने उनलाई संसदको माथिल्लो सदनको नेतृत्वमा स्थापित गरेर संवैधानिक परिषदमा आफूलाई सहज स्थिति बनाउने उद्देश्य प्रधानमन्त्रीको रहेको बताइएको छ ।

सांसद दाहालले आफू छ वर्षे अवधिको सांसद भएको बताउँदै अब चार वर्ष कार्यकालबाँकी नै रहेको बताए ।

राष्ट्रिय सभाका तीन सदस्य मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक प्रावधान रहेको छ । तीमध्ये एक स्थान अहिले खाली रहेको छ ।
नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपालमन्त्री परिषदको सिफारिसमा मनोनीत गर्ने प्रावधान छ । 



(नेपाल न्युज बैंक)



  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १६:२०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया