अदालत र पुलिस प्रशासनले भीड हेरेर मात्र निर्णय गर्नु दुःखद् : झाँक्री

नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेत्री रामकुमारी झाँक्रीले अहिलेको व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढंगले सोही किसिमको भाष्य खडा गर्ने काम भइरहेको बताएकी छिन् । 

शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा महिला आन्दोलनको गति र गन्तव्य’ नामक कार्यक्रममा उनले ठूलो संघर्षबाट आएको व्यवस्थालाई नजरअन्दाज गरेर भाष्य खडा गर्ने गलत काम भइरहेको बताएकी हुन् । 

उनले भनिन्, ‘आज यो व्यवस्था सानोतिनो संघर्षबाट आएको होइन । व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढंग्ले खराब भाष्य खडा गरिँदै छ । यो एकदमै गलत छ । महिलाको अधिकारलाई अक्षुण्ण राख्नुपर्छ भन्नुको अर्थ आज जे भइरहेको छ यही भनेको हो ? आफ्ना व्यवहारलाई सामाजिक र मर्यादितको सीमाभित्र राख्नुपर्छ कि पर्दैन ? अब बन्ने कानुनमा सामाजिक, सीमा र मर्यादाभन्दा बाहिरका सबै क्रियाकलाप सामाजिक अपराध हुन भनेर परिभाषित गरौँ ।’

उनले अहिलेको व्यवस्थाभित्र महिलाले धेरै ठूलो उपलब्धि प्राप्त गरेको बताइन् । देशमा अदालत, पुलिस प्रशासनबाट भीड हेरेर मात्र निर्णय गर्ने र निवेदन लिने प्रवृत्ति हावी भएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १७:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया