आफ्ना सांसदका लागि माओवादीले जारी गर्यो ह्विप

नेकपा माओवादी केन्द्रले आफ्ना सांसदका लागि ह्विप जारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वासको मत लिँदा र राष्ट्रिय सभा अध्यक्ष चयनका बेला अनिवार्य उपस्थित हुन भन्दै ह्विप जारी गरेको हो । 

संसदीय दलको ९औँ बैठकले सो निर्णय गरेको सांसद हितराज पाण्डेले जानकारी दिए। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको थियो । 

माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग समीकरण बनाएसँगै राष्ट्रिय सभा अध्यक्ष आफ्नो पोल्टामा पारेको छ । राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डले भाइ नाता पर्ने नारायण दाहाललाई अघि सार्ने तयारी गरेका छन् । 

विश्वासको मत लिने बेलामा र अध्यक्ष–उपाध्यक्षको निर्वाचनमा पनि सोहीअनुसार प्रतिनिधिसभाका सदस्यलाई उपस्थिति हुन ह्विप जारी भएको पाण्डेले जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १८:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया