उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक सोमबार मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने भएको छ ।
 
सत्ता समीकरण फेरबदलपछि रास्वपा सरकारमा सहभागी छ । नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा गरेर सरकारमा गएपछि एक्लाएक्लै उम्मेदवारी दिएर पार्टी निर्वाचनमा सहभागी हुने नहुने भन्नेमा अन्योल छ । 

उपनिर्वाचनका लागि उम्मेदवार छनोटका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
 
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन छाडेर  एमालेसहितको नयाँ गठबन्धन बनाएपछि रास्वपा, जसपा र एकीकृत समाजवादी पनि त्यसमा छन् ।  

सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी रास्वपाको भागमा उपप्रधान तथा गृहमन्त्रालयसहित चार मन्त्रालय भागमा परेका छन् । 

जसअनुसार लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने डिपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १८:४७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया