परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी गराएका छन् । 

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री दाहालले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पार्नुभएको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । 

बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रिय सभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए । 

त्यसैगरी, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले उम्मेदवारका विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी गराएका थिए । 





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १९:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया