सिटौला राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता मनोनीत

नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन् । 

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गरेका हुन् । 

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १९:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया